उस्तै तर फरक (same but different) - उस्तै तर फरक (same but different) - उस्तै फरक




तिम्रो सहरमा सिट्ठी छ
मेरो गाउँमा सरपोस,
तिम्रो सहरमा ढल छ
मेरो गाउँमा जल,
तिम्रो सहरमा गाडी छ
मेरो  गाउँमा गाडा,
हो यही फरक छ तिम्रो सहर र मेरो गाउँ मा

तिम्रो सहरमा मान्छे छन्
मेम्रो गाउँमा मानब
तिम्रो सहर मा लव छ
मेरो गाउँ मा मया
तिम्रो सहर मा डार्लिंग छ
मेरो गाउँ मा सानु
हो यहि फरक छ तिरो सहर र मेरो गाउँ मा

तिम्रो सहर मा पार्क छन्
मेरो गाउँमा चौतारी
तिम्रो सहरमा Dating sport  
मेरो गाउँमा भन्ज्याङ अनि देउराली
तिम्रो सहरमा महल छ
हाम्रो गाउँ मा झुप्प्रो
हो येही फरक छ तिम्रो सहर र हाम्रो गाउँ मा


तिम्रो सहरमा Institute  छन
मेरो गाउँमा पाठसाला
तिम्रो सहरमा Kitchen
मेरो गाउमा भान्सा 
तिम्रो सहरमा dining table
मेरो गाउँ मा गुन्द्री
हो येहि फरक छ तिम्रो सहर र मेरो गाउँमा


तिम्रो सहरमा Compound
मेरो गाउँमा आँगन
तिम्रो सहरमा Floor  छ
मेरो गाउँमा आटि
तिम्रो सहरमा पोछा छ
मेरो गाउँमा पोतो
हो येत्ति फरक छ तिम्रो सहारा र मेरो गाउँमा

तिम्रो सहरमा Carpet
मेरो गाउँमा सुकुल
तिम्रो सहरमा Frustration
मेरो गाउँमा चएन
तिम्रो सहर मा कोलाहल/चर्काचार्की  छ
मेरो गाउँमा चिरबिर
हो येही फरक छ तिम्रो सहर र मेरो गाउँ मा

तिम्र सहरमा डाक्टर छन्
मेरो गाउँमा बैध्य
तिम्रो सहरमा High way
मेरो गाउँमा गोरेटो
तिम्रो सहरमा Stove
मेरो गाउँमा अगेना
हो येही फरक छ तिम्रो सहर र मेरो गाउँमा

तिम्रो सहरमा scot
मेरो गाउँमा फरिया
तिम्रो सहरमा Dance club
मेरो गाउँमा रोधी घर
केइ फरक छैन सानी यो सहर र त्यो गाउँमा
तिम्रो सधैको टोकेसो को जवाफ छैन म संग,
न भने म संग "भन्नु न के फरक छ यो सहर र त्यो गाउँ मा"?, मैले केइ फरक देखिन यो सहर र त्यो गाउँ मा,
सबै थोक उस्तै हो रति भर पनि फरक छैन  तिम्रो सहर र मेरो गाउँ मा.......













Comments

Post a Comment